१५ वर्षको उमेरमा साथीको लहैलहैमा लागेर पढ्न छाडेर राज लामिछाने भारतको नयाँ दिल्लीतिर लागे । सामान्य परिवारमा जन्मिएका राज छिट्टै पैसा कमाउन चाहान्थे । त्यतिबेला भारत जानेवित्तिकै पैसा फटाफट कमाई हुन्छ भन्ने उनले बुझेका थिए । गाउँका केही साथीहरुसंग जब उनी भारत पुगे तब थाहा पाए, पैसा कमाउन निकै कठिन छ । जानपहिचानका केही साथीहरुसंग उनले त्यहाँ पुगेर काम लगाइदिन अनुनय गरे । उनीभन्दा अघि पनि उनकै गाउँबाट केही युवा त्यहाँ गएकाले काम पाउन उनलाई त्यति गार्हो परेन । १५ वर्षको उमेरबाट उनले नयाँ दिल्लीको एउटा घडी स्वरुममा काम गर्न सुरु गरे । सुरुमा सेल्समेन सहयोगी भएर काम गरेपछि उनी सेल्सम्यानका रुपमा काम गर्न थाले । त्यहाँ ५ महिना काम गरेपछि उनले नेपालमै गर्न सकिने छुट्टै सीपमूलक काम गर्ने विचार गरे । त्यो समय भारतमा हेयर एण्ड विउटी युनिसेक्स सेलुनको व्यापार राम्रो थियो । घडी स्वरुपमा काम गर्दा निकै चिनाजान बढाएका उनले नयाँ दिल्लीमा रहेको एउटा अन्तर्राष्ट्रिय गुणस्तरको हेयर कट एण्ड विउटी सेलुनमा काम गर्न सुरु गरे ।
निकै मेहनति राजले आफ्नो कामबाट सेलुन मालिकलाई रिजाए । उनले त्यही सेलुनमा लामो समय काममात्रै गरेनन्, सोसम्बन्धी डिग्रि बराबरको प्रमाणपत्र पनि हात पारे । झण्डै १५ वर्ष त्यहाँ काम गरेपछि राजले आफ्नो मातृभुमिमा त्यहाँ सिकेको सीप कार्यान्वयन गर्ने विचार गत वर्ष नेपाल फर्किए । उनी नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरकै एउटा हेयर कट एण्ड बिउटी युनिसेक्स सेलुन खोल्ने सोच बनाएर फर्किका थिए ।
तर जसरी सजिलो सोचेका थिए, नेपालको अवस्था भने त्यस्तो थिएन । भूकम्प र भारतीय नाकाबन्दीले गर्दा नेपालको चौतर्फी हालत गन्जागोल र अस्तव्यस्त थियो । ‘म आफूले सिकेको सीपलाई नेपालमै प्रयोग गर्ने विचारले नेपाल आएँ’ उनले भने, ‘तर नपालमा मैले सोचेको जस्तो अवस्था थिएन ।’ तर उनी आफ्नो योजनाबाट पछि हटेनन् । इन्धन अभावका कारण चुलिएको महंगी, कालाबजारीको माझमै उनले लोरियल प्रोफेशनल अस्ट्रेलियन ब्रान्च स्टाइल अन म्याटका रुपमा काठमाडौँमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको सेलुन खोले । लाजिम्पाटस्थित रहेको सो सेलुनमा अहिले ७ जनालाई उनले रोजगारी पनि दिएका छन् । भारतको राजधानीमा डेढ दशकमा संगालेको अनुभव अहिले राजले नेपालमै प्रयोग गरिरहेका छन् । देशमै रोजगारीको अवसर नहुँदा दैनिक दुइहजारभन्दा बढि युवा विदेशिनु परिरहेको बाध्यताका माझमा राजले आफुलाई स्वावलम्वि उभ्याएका छन् ।
‘फाइभस्टार लेभल’को सेलुन
लोरियल जापानीज ब्राण्डको नाम हो । यो विश्वमै प्रख्यात छ । स्टाइल अन मेट अर्थात आकर्षक शैलीको साथी भनेर उनले उच्च गुणस्तरको सेलुन खोलेका हुन् । लाजिम्पाटस्थित विगमार्टसंगै रहेको एयर विल्डिङको तेस्रो तल्लामा रहेको सो शेलुनमा जाने जो कोहीले पनि झट्ट हेर्दा विदेशमै रहेको महशुस गर्छन् । झन् सर्भिसपछि त पल्किन्छन् नै । उच्च गुणस्तरका औजार र कपार र छालाअनुसारका केमिकल्सहरु राखिएको लोरियललाई काडमाडौमै पहिलो अन्तर्राष्ट्रिय शाखाको रुपमा लिइएको छ ।
तालीम पनि
लोरियलमा राजले आफै तालीम पनि दिन्छन् । उनीसहित अरु केही अनुभवि प्रशिक्षकहरुद्धारा हेयर कट र विउटीसम्बन्धी तालीम पनि प्रदान गरिरहेका छन् । राज भन्छन्, ‘यहाँ हामी सर्भिसका साथै तालीम पनि दिइरहेका छौँ, तालमीपछि दिइने सर्टिफिकेट विश्वका धेरै मलुकमा काम लाग्ने हुन्छन् । स्टाईल अन मेट भनेर इन्टरनेटमा खोज्दा पनि हाम्रो सर्टिफिकेशन हेर्न सकिने छ । त्यसैले हामी सीपसंगै त्यसलाई स्वदेश वा विदेशमै बस्दा पनि लागु गर्न सक्ने अवसर प्राप्त गराउने गरि प्रमाणपत्र पनि प्रदान गर्छौँ ।’
अस्ट्रेलियाको ब्रान्च
देव लामिछाने राजका भाई हुन् जो अस्ट्रेलियामा सेलुन चलाउँछन् । लोरियल प्रोफशनलकै नाममा अस्टे«लियामा प्रख्यात देवकै सेलुनको शाखाका रुपमा काठमाडौँमा सेलुन खोलिएको राज बताउँछन् । उनी भन्छन्, ‘मेरो भाई अस्ट्रेलियामा राम्रो हेयर स्पेशस्लिट मानिन्छ । लोरियल प्रोफेशनल अस्ट्रेलियामा ख्यातिप्राप्त छ । उसैसंग सहकार्य गरेर मैले यहाँ त्यसको शाखास्वरुप खोलेको हुँ ।’ प्रमाणपत्र अन्तर्राष्ट्रि मान्यताप्राप्त दिइने र तालीमपछि अस्ट्रेलिया गएर हेयर कट र विउटीको क्षेत्रमा काम गर्न चाहाने पुरुष या महिलालाई त उहाँ पुगेपछि जागिरको समेत ग्यारेन्टी गराइदिने भएकाले यसलाई शाखा भनिएको राजको दाबी छ ।
किन चाहियो ‘फाइभस्टार लेभल’को सेलुन ?
आफ्नो स्वास्थ्यको ख्याल गर्ने जो कोहीले पनि सस्तोको पछि दौडिन नहुने राज बताउँछन् । प्रदुसित वातावरण, असन्तुलित खानालगायतका कारण आजभोली मानिसमा छाला र कपालसम्बन्धी समस्या बढिरहेको उनको भनाई छ । ‘थोरै पैसाको लोभ गरेर हामी बढेसकाल नलाग्दै कपालबिहिन हुन्छौँ, छाला चाउरी पर्छ । त्यहाँ अनेक किसिमको समस्या देखिन्छ । अनि पछि चाहिँ निको पार्न जति पनि खर्च गर्न तयार हुन्छाँै । तर सोचौँ त पहिले नै हामीले थोरै बढि खर्च गरेर आफ्नो केयर गर्ने हो भने भविष्यमा त्यससम्बन्धी दुख त पाइदैन ।’ उनी भन्छन्, ‘फरक छ, हामी आधुनिक औजार प्रयोग गर्छौ जसको कारण सेवाग्राहीलाई कम्फोर्ट फिल हुन्छ, दुख हुँदैन । हामी कपाल र छालाको अनुकुलता र प्रतिकुलता हेरेर ट्रिट गर्छौँ । आवश्यकताअनुसार विदेशबाट झिकाइएको केमिकल्स, जेल, स्याम्फू, बडि केयर पनि उपलब्ध गराउँछौँ ।’
‘अहिले पनि सेलुन भनेपछि हजामलाई सम्झिएर एउटा कैँची र काइयो लिएर सामान्यरुपमा कपाल काट्ने भनेर सोचिन्छ’, राज भन्छन् ‘अब जमान परिवर्तन भईसकेको छ । हेयर कट फेसनका रुपमा विकास भईसकेको छ । पर्सनालिटिसंगै सेलुन र पार्लरहरु अहिले मानिसको स्वास्थ्यसंग पनि जोडिएकाले यसको महत्व धेरै छ ।’
