मिठो चिया मात्र पाँच रुपैयाँ कप ,खाने हो ?

मिठो चिया मात्र पाँच रुपैयाँ कप ,खाने हो ?

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

मोरङ, ३ चैत ।

अहिलेको बजारमा एक कप चियाको मूल्य कति पर्ला ? रु १०, १५, २० वा त्यो भन्दा बढी ? तर मोरङको कोसी हरैँचा नगरपालिका विराटचोकका लीलाप्रसाद सञ्जेलले भने त्यो भन्दा निकै कममा अर्थात पाँच रुपैयाँ कप चिया बेच्दै आउनुभएको छ ।

पाँच वर्षअघि सम्म एक रुपैयाँ कप चिया बेच्नुभएका सञ्जेलले सबै महँगी धानेर चियाको दाम पाँचभन्दा माथि बढाउनुभएको छैन । ६५ रुपैयाँ लिटरको दुग्ध, ७० रुपैयाँ किलो चिनी र इन्धनको अभावमा समेत उहाँले पाँच रुपैयाँ कप चिया बेच्दै आउनुभएको छ ।

करिब तीन दशकसम्म खेती गर्दा पनि आर्थिक लाभ नभएपछि सञ्जेलले करिब १० वर्षअघि विराटचोकमा चिया पसल थाल्नुभएको थियो । पाँच रुपैया कप बजारको मूल्य हँुदा उहाँले एक रुपैयाँ कप चिया बेच्न थाल्नुभएको थियो । ५० वर्षीय सञ्जेलको चिया पसलबाहेक अरू कुनै व्यवसाय छैन । सो चिया पसल गरेरै सञ्जेलले विराटचोकमा रु १० लाखमा घडेरी किन्नुभएको छ ।

त्यति मात्र होइन उहाँले चिया पसलबाटै भएको आम्दानीले दुईवटी छोरीको विवाह गरेको सुनाउनुहुन्छ । लीलाप्रसाद सङ्खुवासभा जिल्लाको आँखीभुइँबाट २०३३ सालमा तराई झर्नुभएकोे थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी