कांग्रेस नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गर्दै

कांग्रेस नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गर्दै

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ३ चैत्र ।
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले आज पदभार ग्रहण गर्दैछ । आज अपरान्न ४ बजे पार्टीकार्यलय सानेपामा नवनिर्वाचित सदस्यहरुले पदभार ग्रहण कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यलाई समितिले विजयी भएको प्रमाणपत्र दिएपछि सबैले औपचारिक रुपमा आ आफ्नो पदभार सम्हाल्ने छन् ।

काँग्रेसमा नयाँ नेतृत्वका लागि गत फागुन २३ गते मतदान भएको थियो । सभापति, महामन्त्री र कोषाध्यक्ष सहित ६४ सदस्यका लागि निर्वाचन भएको हो ।

यसैबीच नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज आफ्ना प्रतिस्पर्धी रामचन्द्र पौडेलसहित ६ जनालाई केन्द्रिय सदस्य मनोनयन गर्ने तयारी गर्नुभएको छ ।

देउवाले पौडेललाई कार्यसमिति सहित आफूपछिको दोस्रो वरियताक्रममा रहनेगरी सदस्य मनोनित गर्ने तयारी भएको स्रोतले जनाएको छ । कांग्रेसमा त्यसरी दोस्रो वरियताक्रममा राखिने नेतालाई वरिष्ठ नेता भन्ने पराम्परा छ ।

सभापति देउवाले आज पौडेलका अतिरिक्त कृष्णा सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने तयारी गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ