काठमाडौ ,३ चैत्र ।
पोखरामा जारी ३७ औँ सार्क पराराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा आज सचिवस्तरीय स्थायी समितिको बैठक बस्दैछ । बैठकमा कार्यक्रम समिति अन्तर्गत आठ राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवहरुको सहभागिता रहनेछ ।
त्यसका लागि आठ वटै सदस्य राष्ट्रयका प्रतिनिधि हिजै पोखरा पुगीसकेको छ । पोखरास्थित ग्राण्ड होटलमा हुने बैठकमा आज कार्यक्रम समितिले पारित गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
यसअघि हिजो आठ वटै सदस्य राष्ट्रका सहसचिव सम्मिलित कार्यक्रम समितिको बैठकले सार्क क्षेत्रबाट आतंकवाद र उग्रवादलाई निर्मुल पार्न प्रभावकारी संयन्त्र बनाएर अघि बढ्ने प्रस्ताव अघि सारेको छ ।
बैठकमा दक्षिण एसियाली विश्वविद्यालय, सार्क विकास कोष, सार्क मध्यस्थता परिषद लगायत सदस्य मुलुकमा सन्चालन सफल कार्यक्रम लगायत पुराना तथा नयाँ मुद्धामा छलफल गरी स्थायी कमिटी बैठकमा अघि बढाएको छ ।
त्यसैगरी सार्क राष्ट्रका राष्ट्रिय टेलिभिज, रेडियो र समाचार समितिका प्रमुख सम्मिलित एवम् सार्क श्रव्यदृश्य आदानप्रदान कार्यक्रम सेभको पुनरनामकरण एवम् एकीकृत गरी त्यसलाई ‘सूचना तथा सञ्चार कार्यदल‘ बनाउने विषय पनि बैठकले सिफारिस गरेको छ ।
कार्यक्रम समितिबाट सिफरिस भएका सबै बुँदामा आज छलफल गरी भोली बस्ने पराराष्ट्रमन्त्री स्तरीय बैठकले अनुमोदन गर्ने जनाइएको छ । भोली हुने पराराष्ट्रमन्त्री स्तरीय बैठकको प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।