तातोपानी नाका खोल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

तातोपानी नाका खोल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • मङ्लबार, चैत्र २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २ चैत । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको समयमा तातोपानी नाका खोल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार श्रेष्ठको प्रतिनिधित्वमा प्रधानमन्त्री निवास बालुवाटार गएको टोलीले चीनसँग जोड्ने एकमात्र प्रमुख नाका बन्द हुँदा देश र स्थानीयवासीलाई ठूलो मर्का परेको भन्दै नाका खोल्न प्रधानमन्त्रीले भ्रमणमा पहल गर्न आग्रह गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणमा नेपाल र चीनको थप सम्बन्ध स्थापित गर्नुका साथै अधिकांश नाका खोल्ने विषयमा छलफल हुने स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री ओलीले तातोपानी नाका बन्द हुँदा नेपालको आर्थिक विकासमा ठूलो घाटा परेको भन्दै यसलाई आफूले गम्भीर रुपमा लिएको बताउनु भयो ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट तातोपानीलगायत व्यापारिक नाका बन्द भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ