विप्लव माओवादीद्धारा आयल निगम घेराउ(फोटो फिचर)

विप्लव माओवादीद्धारा आयल निगम घेराउ(फोटो फिचर)

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ १ चैत्र ।

निजि कम्पनिलाई महङगोमा पेट्रोलियम पदार्थ बिक्रि गर्न दिएको बिरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज नेपाल आयल निगम घेराउ गरेको छ ।

विराट पेट्रोलियमलाई महंगो तेल बेच्न दिएको निर्णय तथा भारतीय नाकाबन्दीपछि पनि इन्धनमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भईरहेको बिरोधमा माओवादीले विरोध प्रदर्शन गरेको हो ।

शान्तिबाटिकाबाट निस्किएको विरोध र्याली बबरमहलस्थित निगमको कार्यलय पुगेर कोणसभामा परिणत भएको थियो ।

निगमबाट ९९ रुपंैयामा उपभोक्ताले प्राप्त गरी राखेको पेट्रोललाई विराटलाई १३० रुपंैयामा बिक्री गर्दै आएको थियो ।

विरोध र्यालीको अगुवाई केन्द्रीय सदस्य मोहन कार्कीले गर्नु भएको थियो ।

र्याली पछि आयोजित कोण सभालाई सवोधन गर्दै माओवादी काठमाण्डौं जिल्ला सचिव माईला लामाले भ्रष्टाचार र कमिसनका लागि विराटलाई तेल बेच्न दिएको भन्दै सार्वजनिक सम्पत्ति निजीकरण गरेर देश कंगाल बनाउने कदमको विरुद्ध संघर्ष गर्ने चेतावनी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी