वाट्फोर्ड एफए कप फुटबलको सेमिफाइलनमा प्रवेश

वाट्फोर्ड एफए कप फुटबलको सेमिफाइलनमा प्रवेश

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १ चैत्र ।  

डिफेन्डिङ च्याम्पियन आर्सनललाई पाखा लगाउदै वाट्फोर्डले एफए कप फुटबलको सेमिफाइलनमा स्थान बनाएको छ ।

गएराति सम्पन्न खेलमा आर्सनललाई उसकै मैदान इमिरेट्स स्टेडियममा २–१ ले पराजित गर्दै वाट्फोर्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

वाट्फोर्डका लागि ओडिएन इगोलो र एडलिन गुडिएराले एक एक गोल गरे । आर्सनलका ड्यानी वेलबेकले एक गोल फर्काए । आर्सनलको यो लगातार तेस्रो हार हो ।

यसअघि प्रिमियर लिगमा स्वान्सी सिटी तथा च्याम्पियन्स लिगमा बार्सिलोनासँग आर्सनल पराजित भएको थियो । प्रतियोगिता अन्तरगत नै गएराति सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट ह्यामसँग १–१ को बराबरीमा रोकिएको छ ।

म्यानचेस्टर युनाइटेडका लागि एन्थोनी मार्शल तथा वेष्ट ह्यामका लागि वेएटले गोल गरे । सेमिफाइलन प्रवेशका लागि यी दुई टोलीबीच पुनः खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी