निर्मला वि.क प्रकरणको अर्को रहस्य, आरोपितले गरे प्रहरी हिरासतमै आत्महत्या

निर्मला वि.क प्रकरणको अर्को रहस्य, आरोपितले गरे प्रहरी हिरासतमै आत्महत्या

  • शनिबार, फाल्गुन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

फाल्गुण २९, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा एकजना व्यक्तीले आत्महत्या गरेका छन । गत फाल्गुण २२ मा त्रिवेणी ६ सिम्कमा आत्महत्या गरेकी भनिएकी निर्मला विकको हत्याको आरोपमा पक्राउ परेका ५२ बर्षका गोपिलाल बुढाथोकीले हिरासतमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विहान शौचालय गएर फर्केका बुढाथोकीले सिलिपिङ्ग व्यागको डोरीले झ्यालको सरियामा पासो लगाई आत्महत्या गरेका हुन । आत्महत्या गरेको अञ्चल प्रहरी कार्यालय तुलसिपुरबाट अनुगमनमा आएका डिएसपि तुल बहादुर कार्कीले बताए । विहान पौने ८ बजे चर्पिमा लिएर ल्याउदा सम्म केहि भएको थिएन अवस्था सामान्य नै थियो तर सवा ८ बजे झुण्डिएको अवस्थामा फेला पारेपछि अस्पताल पु¥याउदा मृत घोषित भए उनले भने ।
झुण्डिन सक्ने गरी हिरासतमा राख्दा ध्यान दिनुपर्ने भन्ने पत्रकारको जवाफमा प्रहरी नायव उपरिक्षक तुल बहादुर कार्कीले सिलिपिङ्ग व्यागको डोरीले आत्हत्या हुने कुराको कसैलाई ध्यान नभएको बताएका थिए ।
हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा आत्महत्या गरेका भनिएका बुढाथोकीको निधनले घटनालाई झन रहस्यमय बनाएको छ । गएको फागुन २२ गते त्रिवेणी ७ पोखरीकी २५ वषिर्या निर्मला विकको रहस्यमय मृत्यु पछि परिवारले उनि सहित त्रिवेणी ६ की ३५ वर्षिया माधुरी बुढाथोकी, त्रिवेणी ४ की २८ वर्षिया मोती खड्का र ४ कै २२ वर्षिया दुर्गा बोहरालाई पक्रेको थियो । सरकारी वकिल अहिले जिल्लामा नभएका कारण मुद्धाको प्रकृया अघि बढ्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले विकको आत्महत्या भएको जानकारी सहितको पत्र विकका परिवारलाई दिएको थियो भने आफन्तहरुले हत्या भएको बताउदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी