सिमरा, २९ फागुन । सातौं सिमरा गोल्डकपको उपाधी विजय युथ क्लब हेटौडाले जितेको छ । बाराको सिमरामा भएको खेलमा रुपन्देही ११ लाई ४–० गोल अन्तरले हराउँदै हेटौडाले मोफसलकै सर्वा्धिक पुरस्कार राशीको प्रतियोगिताको उपाधी जितेको हो ।
जितसँगै हेटौडाले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पायो भने उपविजेता रुपन्देहीले २ लाख ५० हजार रुपैयाँ पायो । हेटौडाको जितमा विजय रानाले ह्याट्रिक गरे भने सुनिल बलले १ गोल गरे । हेटौडाले सेमिफाइनलमा आर्मी क्लवलाई सडन डेथमा पराजित गर्दै फाइनल पुगेको हो । वीरगञ्जलाई १–० ले हराएर रुपन्देही ११ फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा दुई पटक उपाधि उचालेको मनाङ मस्र्याङदी क्लबसहित थ्रिस्टार, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, सरस्वती युथ क्लब, रुपन्देही ११, सहारा क्लब पोखरा, वीरगञ्ज युनाइटेड क्लब, विजय युथ क्लब र आयोजक नव जनजागृति युवा क्लब सहभागी भएका थिए ।