मिथिला राजनीतिक अखडाको रुपमा विकसित हुदै –मन्त्री मण्डल

मिथिला राजनीतिक अखडाको रुपमा विकसित हुदै –मन्त्री मण्डल

  • शनिबार, फाल्गुन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

जनकपुर, २९ फागुन ।
युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले प्राचीन सभ्यताको धरोहरका रुपमा रहेको मिथिला राजनीतिक अखडाको रुपमा विकसित हुदै गएको बताउनु भएको छ ।

जनकपुर उपमहानगरपालिका–१४ रजौलमा निर्माणाधिन श्रीराम जानकी रङ्गशालाको स्थलगत निरिक्षण गर्दै मन्त्री मण्डलले राजनितिक अखडाका रुपमा विकसित हुँदा मिथिलाको मौलिकतानै धरापमा परेको बताउनु भयो ।

मन्त्री मण्डलले भन्नुभयो, “हाम्रा पूर्वजले अर्जेको प्राचीन मिथिलालाई कालान्तरमा आएर मिथिलावासीले उपहास गरेकाले यसको अपेक्षित विकास हुन नसकेको हो ।”

मन्त्री मण्डलले नेपाल–भारतबीचमा केही समय अघि देखापरेको कटुता नाकाबन्दी अन्त्यसँगै समाप्त भई दुई देशबीच पहिले जस्तै सुमधुर भएको उल्लेख गर्नुभयो ।

खेलकुदको सम्बन्ध स्वास्थ्यसँग भएकाले यहाँ अन्तर्रा्ष्ट्रियस्तरको रङ्गशाला निर्माण हुनु जनकपुरवासीको लागि गौरवको विषय भएको बताउँदै मन्त्री मण्डलले रङ्गशाला निर्माण गर्ने आगामी आव २०७३÷०७४मा बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी