काठमाडौ २९ फागुन ।
बाराको सिमरामा जारी सातौं सिमरा गोल्डकपको उपाधिका लागि आज विजय युथ क्लब हेटौंडा र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिउँसो २ बजेपछि सिमरा रंगाशालामा हुनेछ । सेमिफाइनलमा विजयी युथले आर्मीलाई र रुपन्देही ११ ले विरगन्ज युनाइटेडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
मोफसलको प्रतिष्ठित र सार्वधिक पुरस्कार राशीको प्रतियोगिताको फाइनल पुगेका दुवै टोलीले उपाधि जित्ने दावी गरेका छन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख ५१ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैंयाँ प्र्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुजुकी मोटरसाइकल प्रदान गरिनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline