निर्मलालाई मारेर पासो लगाईएको बालकको बयान

निर्मलालाई मारेर पासो लगाईएको बालकको बयान

  • शुक्रबार, फाल्गुन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

फागुण २८, सल्यान । सेतो कपडा शरिरमा बेरेर बाजेको आडैमा बसेका त्रिवेणी ४ का हेमराज वि.क.ले फाल्गुण २२ गते राति आमालाई गुमाएका छन । आमाकै क्रियामा बसेका ९ वर्षका वि.क.ले आफ्नो आमा निर्मला वि.क.लाई उनकै घरमा बस्ने मन्दरी बुढाथोकी र उनका सहयोगिहरुले हत्या गरेर पासो लगाइदिएको बताउछन् ।

मन्दरी र उनकी बहिनी मोती खड्का र देवरानी रुपा बोहराले आफ्नो आमालाई झम्पल र ढुङ्गाले हानेर हत्या गरेको भनिरहदा प्रहरीको कुटाई खाएका उनका बाजे आँखाभरी आँशु र उनका ५ बर्षिय भाई आमाको पर्खाइमा प्याकेटको भुजा खाइरहेका थिए । शिवरात्रीको दिन भएको उक्त घटनाको प्रहरीले मुचुल्का उठाई पोष्टमार्टमका लागि अस्पताल पु¥याएका थिए ।

अस्पतालबाट पोष्टमार्टमको रिपोर्ट नआउदै प्रहरीले मृतकका ससुरा मनिराम वि.क.लाई लास बुझ्न लगाई जलाउन लगाएको उनका आफन्तहरु बताउदै थिए । लास सेलाएर काजक्रियामा लागेपछि मृतकका आफन्तले प्रहरी मार्फत पोष्टमार्टम रिपोर्ट आउन ढिला भएपछि शंकाले हेर्दै ९ बर्षिय छोरा हेमराज वि.क.लाई के भएको बाबु भनेर सोधीखोजि थाले । बालक हेमराजले आमालाई घरमा बस्ने आरोपी मन्दरी बुढाथोकीका श्रीमान गोपिलाल बुढाथोकीले आफुले ल्याएका माछा दिएको, माछा दिए पछि किन माछा दिएको त्यसलाई भन्दा पहिला उनै २ जनामा भनाभन भएको पछि त्यो झगडा आफ्नो आमासंग सरेको बताएका थिए ।

बालकलाई उनिहरुले सोध्दै जाँदा बालकले आफ्नो आमाले मन्दरीलाई लखेटेपछि उनले साथिहरु बोलाई ३ जना लागेर
मारी पासो लगाइदिएको बताएका थिए । उता प्रहरीले मुचुल्कामा आत्महत्या गरेको सतगत पुर्जी मृतकका ससुरालाई थमाइ दिएको छ । आत्महत्या भनी प्रहरी पुर्जी ससुरालाई दिनु अनी पोष्टमार्टम रिपोर्टपनि समयमा नआउनु कतै प्रहरी नै बदमासी त गर्दैछैन भन्दै मृतकका आफन्तले किटानी जाहेरी सहित ३ जना आरोपी र मुख्य आरोपीका श्रीमानलाई ज्यान केश सम्बन्धि इलाका प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेका थिए ।

प्रहरीले निवेदनका आधारमा आरोपी चारै जनालाई नियन्त्रणमा लिएर कार्वाहीको प्रक्रिया अगाडि बढाएको छ । मृतकका आफन्तले पिडितलाई कार्वाहि गर्ने क्रममा ढिला सुस्ती गर्नु घुसपैठ भएको भन्दै इलाका प्रहरी कार्यालय लुहाममा विहिबार प्रदर्शन पनि गरेका छन । उनिहरुले राप्ती राजमार्गलाई समेत ठप्प पार्नेगरि गरेको प्रर्दशन चलिरहदा स्थिती नियन्त्रण बाहिर गएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको जनाएको छ ।

अश्रुग्याँसको पहारपछि स्थिती नियन्त्रणमा आएको थियो भने प्रर्दशनका क्रममा दर्जन प्रदर्शनकारीले प्रहरीको कुटाई खाएका छन भने २ जना प्रहरी जवान दिपेन्द्र श्रेष्ठ र खड्क सुनार घाइते बनेका छन । प्रहरीले ९ जना आन्दोलनकारीलाई उग्र बनेको भन्दै नियन्त्रणमा समेत लिएको छ ।
प्रहरी निरिक्षक सुरेश गौतमले आफुहरुले त्यतिकै आरोपिहरुलाई हत्यारा भन्न नसकिने हत्या गरेको भएपनि हत्यारा भन्ने काम अदालतको हुने जनाएका छन ।
उनले हत्या वा आत्महत्या के हो घटनाको वास्तविकता छानविनपछि मात्रै खुल्ने बताउदा पनि आन्दोलनकारी उग्र बनेर इलाका प्रहरी कार्यालय लुहामका झ्यालका सिसाहरु फुटाएकोले अश्रुग्यास र लाठि चार्ज गर्नु परेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी