हङ्गेरीमा फुपुलाई स्वर्ण

हङ्गेरीमा फुपुलाई स्वर्ण

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, २६ फागुन । केही महिनाअघि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी जुडो खेलाडी फुपुल्हामूखत्रीले हङ्गेरीमा पनि सोही पदकमा आफ्नो नाम लेखाउनु भएको छ ।

हङ्गेरीको बुढापेष्टमा आज आयोजित ‘खुला जुनियर जुडो च्याम्पियनसिप’मा उहाँले ६३ केजी तौल समूहमा स्वर्ण जित्नुभएको हो । ब्राजिलमा यसै वर्ष हुने रियो ओलम्पिकको तयारीका क्रममा त्यहाँ प्रशिक्षणका क्रममा रहेकी उहाँले अन्तिम प्रतिस्पर्धामा हङ्गेरीकी नागी हेनरियत्तालाई पराजित गर्दै स्वर्ण प्राप्त गर्नु भएको हो ।

यसअघि पनि उहाँले सेमिफाइनलमा हङ्गेरीकै बालोघ सारालाई र क्वाटरफाइनलमा किरेकेश ग्रेटालाई पराजित गर्दैै फाइनल सम्मको यात्रा तय गर्नुभएको थियो । उहाँले प्रतिस्पर्धा गरेको स्पर्धामा सात खेलाडीको सहभागिता रहेको थियो ।

रञ्जन तेक्वान्दो छनोटमा

नेपाल पुलिस क्लबका रञ्जन श्रेष्ठले फिलिपिन्सको मनिलामा १६ र १७ अप्रिलमा हुने रियो ओलम्पिक २०१६ का लागि तेक्वान्दो छनोटमा सहभागिता जनाउनु भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन रञ्जनले आज यहाँ भएको छनोट खेलमा सुनील पौडेललाई १८–५ ले पराजित गर्दै सहभागिता पक्का गर्नुभएको हो । यसअघि सुनीलले चितवनका शेखर उप्रेतीलाई हराउँदै रञ्जनसँगको भीडन्त तय गर्नुभएको थियो ।

योसँगै ओलम्पिक छनोटमा अब ओलम्पिक छात्रबृत्तिमा रहेका निषा रावल र रञ्जनले नेपालको तर्फबाट सहभागिता जनाउने निश्चित भएको छ ।

यस बाहेक १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता सात खेलाडी मध्येबाट विगतको अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन, उत्कृष्टता र सम्भाव्यताको आधारमा अन्य दुई खेलाडी छनोट हुने छन् । यसै क्रममा नेपाली तेक्वान्दो टोलीले एसियाली तेक्वान्दो च्याम्पियनसिप र पारा तेक्वान्दो च्याम्पियनसीपमा सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी