अक्षराङ्कन प्रणालीबारे पाठ्यपुस्तकमा उल्लेख हुने

अक्षराङ्कन प्रणालीबारे पाठ्यपुस्तकमा उल्लेख हुने

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २६ फागुन ।

प्रवेशिका परीक्षामा यसै वर्षदेखि लागू भएको अक्षराङ्कन प्रणालीबारे विद्यार्थीलाई जानकारी दिन पाठ्यपुस्तकमा आवश्यक मार्गदर्शन समावेश हुने भएको छ ।

सो प्रणालीमा नपढे पनि उत्तीर्ण हुने जस्ता भ्रमसमेत देखिएकाले त्यसबारे पाठ्यक्रम र पाठ्यपुस्तकबाट स्पष्ट पार्ने काम प्रारम्भ भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले कक्षा १० का पाठ्यपुस्तकमा उत्तीर्णाङ्क ४० र पूर्णाङ्क १०० लेखिएका सन्दर्भ तथा सो तहको पाठ्यक्रममा शिक्षकलाई दिइनुपर्ने अक्षराङ्कन प्रणालीबारे पद्धतिगत निर्देशन परिमार्जनको कार्य भइरहेको जानकारी दिनुभयो ।

पाठ्यक्रम मूल्याङ्कन परिषद्को निर्णयका आधारमा परीक्षा नियन्त्रण कार्यालयले यसै वर्षदेखि प्रवेशिका परीक्षामा सो प्रणाली लागू गरेको हो । सोही प्रणालीका आधारमा आगामी चैतमा पहिलो परीक्षा हुँदैछ । गौतमले आगामी संशोधन हुने पाठ्यक्रममा ती सन्दर्भ परिमार्जन हुने बताउनुभयो । केन्द्रले माध्यमिक तहका पाठ्यक्रम परिमार्जन गरी पाठ्यपुस्तकको मुद्रणीय प्रति तयार गर्ने काम गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी