फागुन २५, बारा । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै रुपन्देही ११ सिमरा गोल्डकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशलामा आज भएको अन्तिम क्वाटरफाईनलमा रुपन्देहीले मनाङलाई १–० गोल अन्तरले पराजित गरेको हो ।मनाङका पुर्व खेलाडी शिव श्रेष्ठको पासलाई सदुपयोग गर्दै बुद्ध चेम्जोङले ९ औ मिनेटमा रुपन्देहीका लागि विजयी गोल गरे । रुपन्देहीले फाईनल प्रवेशकालागि अब विरगञ्ज युनाईटेडसंग प्रतिस्पर्धा गर्नेछ ।
सिजनको चौथो उपाधिको खोजिमा रहेको मनाङ प्रतियोगिताबाट बाहिरिएको छ । विराट गोल्डकपमा पनि मनाङ पहिलो खेलमै पुलिससंग पराजित भएको थियो ।भोली हुने पहिलो सेमिफाईनलमा विजय युथ क्लब र विभागीय टिम आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline