भक्तपुर, फागुन २४ ।
हरेक वर्ष झै यो वर्षको महाशिबरात्रिका दिन केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरुको आगमन बढेको छ ।
उपत्यका भित्रका शिव मन्दिरहरु मध्ये डोलेश्वर केदारनाथको शिरमा शिवरात्रिका दिन दर्शनार्थीहरुको भिड बिगतका वर्षहरु मध्ये अधिक रहेको छ।
पर्वका समयलाई ध्यान दिँदै दर्शनार्थीहरुलाई सहज दर्शका लागि विभिन्न खालको व्यवस्था समेत गरिएको छ ।
मन्दिरमा विशेष पुूजाआजा, हवन र रुद्धाभिषेक गरि पन्तस्नान गराउने समेत ब्यवस्था समितिले गरेको छ ।
पर्वका समयमा हुने विभिन्न सुरक्षा अवस्थालाई ध्यान दिँदै जगाती प्रहरी र सवारी ब्यवस्थापनका लागि भक्तपुर ट्राफिक प्रहरीको समेत परिचालन गरिएको छ ।
दर्शनका लागि आएका भक्तजनहरुको निःशुल्क स्वास्थ्य परिक्षणका लागि स्वयंसेवक रुपमा नेपाली सेना ज्वाला दल गण सूर्य्विनायकका चिकित्सकले स्वास्थ्य शिविर, नेपाल रेडक्रस सोसाईटी भक्तपुरबाट प्राथमिक उपचारको समेत उपलब्ध रहेको छ ।
पछिल्लो समय डोलेश्वर मन्दिर परिसरमा भक्तजनको आगमन बढ्नुका साथै स्वदेश र बिदेशबाट समेत उल्लेख्य रुपमा साधु सन्त र बाबाहरुको आगमन समेत बढेको छ । डोलेश्वर समितिले पुजा अर्चना गर्न आएका भक्तजनहरुको सुबिधालाई ध्यान राख्दै विभिन्न खालका सुबिधाहरु उपलब्ध गराएको छ ।




