काठमाडौ २४ फागुन ।
स्पेनिस ला लिगा अन्तरगत गएराति सम्पन्न खेलमा बार्सिलोनाद्धारा एइबर ४–० ले पराजित भएको छ । जीतसँगै शीर्ष स्थानको बार्सिलोनाले ८ अंकको अग्रता कायम गरेको छ ।
बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज र एल हाडडाडीले एक एक गोल गरे । खेलको आठौं मिनेटमा हाडडाडीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
४१ औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा नै बार्सिलोनाले २–० को अग्रता लियो । खेलको ७६ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो ।
त्यसपछि ८४ औं मिनेटमा स्वारेजले थप एक गोल गरेपछि बार्सिलोना समग्रमा ४–० ले विजयी भयो । जितपछि बार्सिलोनाको ७२ अंक भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline