काठमाडौ २३ फागुन ।
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लेस्टर सिटीले पाँच अंकको अग्रता कायम गरेको छ । प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिसेस्टर सिटीले वाट्फोर्डलाई १–० ले पराजित गर्यो ।
लिसेस्टरका लागि ५६ औं मिनेटमा रियाद महरेजले गरेको गोल नै निर्णायक बन्यो । महरेजले यो सिजन लिगमा १५ गोल गरिसकेका छन् ।
जितपछि लिसेस्टरको २९ खेलबाट ६० अंक भएको छ । लिसेस्टर अंक तालिकमा दोस्रो स्थानमा रहेको टोटनह्याम भन्दा पाँच तथा तेस्रो स्थानमा रहेको आर्सनल भन्दा ८ अंकले अघि छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline