एसएलसीको प्रश्नपत्र छपाई सकियो ,परीक्षामा छ लाख विद्यार्थी सहभागी हुँदै

एसएलसीको प्रश्नपत्र छपाई सकियो ,परीक्षामा छ लाख विद्यार्थी सहभागी हुँदै

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

भक्तपुर, २१ फागुन ।
यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाका लागी प्रश्नपत्र छपाईको काम सकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत सकिएको र बिभिन्न जिल्लामा पठाउन पनि सुरु गरिएको बताउनु भयो ।

उहाँले बिहिवारदेखि नै परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र उत्तरपुस्तिका लगायतकासबै सामग्री सबै जिल्लामा पठाई सकिएको भन्दै बाँकी रहेका बागमतीका, दोलखा, सिन्धुपाल्चोकलगायत १० जिल्लामा पनि पठाउने तयारी रहेको बताउनु भयो ।

परीक्षामा यस वर्ष छ लाख १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले नियमित र एक्जाम्टेड गरी छ लाख १२ हजार तथा प्राविधिकतर्फका तीन हजार विद्यार्थीले परीक्षामा सहभागी हुने जानकारी दिनुभयो । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुनेछन् ।

नियमिततर्फ प्राविधिकतर्फका ९९ विद्यालयका तीन हजार २५५ विद्यार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ दुई लाख २५ हजार ३४६ छात्र र दुई लाख २७ हजार ५३५ छात्रा सहभागी हुनेछन् । श्रेष्ठले सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने जानकारी दिनुभयो ।

यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी