फिफा बरियतामा नेपाल ३ स्थानमाथि उक्लीयो 

फिफा बरियतामा नेपाल ३ स्थानमाथि उक्लीयो 

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

२० फागुन, काठमाडौं । विश्व फुटबल महासंघ फिफाको पछिल्लो बरियतामा नेपालले तीन स्थान माथि उक्लीएको छ । फिफाले आज सार्वजनिक गरेको बरियाता क्रममा नेपाल तीन स्थान माथि उक्लदै १८५औं स्थानमा आएको छ ।

दक्षिण एशियामा अफगानिस्तान १५१औं स्थान सहित पहिलो स्थानमा छ । अफगानिस्तानले तीन स्थान सुधार गरेको हो । माल्दिभ्स एक स्थान तल झर्दै १५८ औं स्थानमा तथा दुई स्थान सुधार गर्दै भारत १६० औं स्थानमा छ । त्यस्तै बंगलादेश १७७ औं स्थानमा छ । दक्षिण एशियामा पाकिस्तान, श्रीलंका र भुटान नेपालभन्दा पछाडी छन् । पाकिस्तान १८७ औं, श्रीलंका १८९ औं र भुटान १९३ औं स्थानमा छन् ।

फिफा बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । बरियतामा शीर्ष १३ स्थानमा रहेकाहरु यस महिना परिवर्तन भएका छैनन् । फिफाले प्रत्येक महिना उसका सदस्य राष्ट्रहरुबीचको बरियता सार्वजनिक गर्ने गर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी