ए पी एफ लाई हराउँदै मनाङ्ग मस्याङ्गदी फाईनलमा प्रबेश 

ए पी एफ लाई हराउँदै मनाङ्ग मस्याङ्गदी फाईनलमा प्रबेश 

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

१९ फागुन  / मनाङ्ग मस्याङ्गदी क्लब धरानमा जारी १८औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाईनल खेलमा सशस्त्र प्रहरीको एपीएफ टीमलाई ३–२ गोलले पराजित गर्दै मनाङ्ग फाइनलमा पुगेको हो । मनाङ्गलाई जिताउनेक्रममा खेलमा अनिल गुरुङ्ग,अन्नत तामाङ्ग तथा अर्फिकन खेलाडी ओलावालेले गोल गरेका थिए ।
त्यस्तै खेलमा ए पी एफ को तर्फबाट निकै प्रयास गरेपनि खेल जित्न नसक्दा उसले फाईनलको यात्रा गुमाएको हो । खेलमा ए पी एफ को तर्फबाट रमेश दंगाल तथा अन्जन बिष्टले गोल गरेपनि त्यो जितका लागी प्रर्याप्त भएन । खेलको म्यान अफ द म्याच मनाङ्गका बिराज महर्जन घोषीत भएसंगै प्रमाण पत्र मेडल तथा नगद ५ हजार समेत हात पारे । भोलीको खेल नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच एन्फा टेक्नीकल सेन्टरमा दिउसो ३ बजे हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ