काठमाडौं १९ फागुन ।
मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । आज भएको सेमिफाईनल खेलमा विभागीय टोली एपीएफलाई ३ —२ ले हराउदै मनाङ मस्र्याङ्दी फाइनलमा प्रबेश गरेको हो ।
धरानस्थित एन्फा टेक्निल सेन्टरमा मैदानमा भएको खेलमा मनाङ मस्र्याङ्दीले खेलको १ मिनेटमै गोल गर्दै अग्रता कायम गरेको थियो । ८ मिनेटमा एपीएफका रमेश दंगालले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
यस्तै एपिएफका अन्जन बिष्टले १३ मिनेटमा गोल गर्दै अग्रता कायम गरेपनि हार टार्न सकेनन । मनाङ मस्र्याङ्दीका लागि अनिल गुरुङले खेलको २६ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
६५ मिनेटमा मनाङका अन्नत्त तामाङले गोल गर्दै टिमलाई फाइनलमा पुयाएका छन । भोली हुने अर्को सेमिफाईनलमा पुलिस र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline