एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा

एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, १९ फागुन ।
यस वर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा शाखाका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठका अनुसार पश्चिम क्षेत्रमा आवश्यक प्रश्नपत्र पठाइ सकिएको छ ।

पूर्वमा पनि केही दिनमा लैजाने तयारी भइरहेको छ । एसएलसीमा सहभागी हुने विद्यार्थीलाई आफ्नो विवरण गलत भए सच्याउन दिने मेमो कार्ड पनि सँगै पठाइएको उहाँले बताउनुभयो ।

मेमो कार्ड र विद्यार्थीको फारममा नाम, थर, जन्म मिति, सिम्बोल नम्बर लगायतका कुरा फरक भए १५ दिनभित्र सच्याउन सकिनेछ ।

आगामी चैत १८ देखि २९ गतेसम्म सन्चालन हुने परीक्षामा ६ लाख बढी विद्यार्थी सहभागी हुदैछन् । देशभर १९ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी