महिला सम्मेलनमा मन्त्री मैनालीले पदावधी सकिन लागेका व्यक्तिलाई लादै गरेको खुलासा

महिला सम्मेलनमा मन्त्री मैनालीले पदावधी सकिन लागेका व्यक्तिलाई लादै गरेको खुलासा

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

फागुण १८ काठमाण्डौं । भनिन्छ नेपाल सरकारका पदाधीकारीहरु, कुनै पनि निकायमा कार्यरत जो कोही पनि विदेश भ्रमण भन्ने वितिकै हुरुक्क हुने गर्छन् ।
यस्तै प्रवृति यस पटक फेरी समाज कल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगमा देखिएको छ ।
समाज कल्याण मन्त्री सिपी मैनालीले अमेरीकाको न्यूयोर्कमा यही मार्च १४ देखि २४ सम्म हुने कमिसन अन स्टाटस अफ् वुमन नामक सम्मेलनमा सहभागी हुन आफ्नै नेतृत्वमा जाने तयारी गरेका छन् । मन्त्री मैनालीले यो निर्णय मन्त्रीपरिषद्को बैठक मार्फत फागुण १७ गते गराउन सफल भएका छन् ।
यति सम्म कि यस भ्रमणमा सामेल हुने दर्जन बढी प्रतिनिधि मध्य मैनालीकै पार्टी नेकपा मालेकी पोलिट व्यूरो सदस्य तथा राष्ट्रिय महिला आयोगक की सदस्य भगवति घिमिरे र महिला आयोगकी कार्यकाल सकिनै लागेकी कार्यवाहक अध्यक्ष मनु हुमागाई ( केसी ) सहितकालाई समावेश गरिए पछि आयोग भित्र र मन्त्रालयमा असन्तुष्टी बढेको छ ।
एकातिर १८ मार्च अर्थात चैत्र ५ गते कार्यकाल सकिन लागेकी हुमागाईलाई सदस्य भगवती घिमिरेको तालमेलमा मन्त्री मैनालीले टिममा पारेको स्रोतको दावी छ । हुमागाई यस अघि पनि सोही सम्मेलनमा सहभागी भईसकेकी थिईन् ।
आयोगकी अन्य दुई सदस्य उर्मिला देवी विश्वकर्मा र धनेश्वरी चौधरीको नाम आयोगले सिफारीस गरे पनि मन्त्रीले उनीहरुको नाम कटाएर मन्त्रीपरिषद्मा पेश गरेको स्रोतको दावी छ ।
आयोग निकट स्रोतले बताए अनुसार माओवादी युद्ध कालदेखि नै बाबुराम भट्टराईसग‘ पक्षको भनेर चिनिए पनि अहिले बाबुरामले न‘या शक्ति बनाए पछि हुमागाई अमेरीका भ्रमण मिलाउन मन्त्री मैनालीसग‘ निरन्तर लविङ गरीरहे पछि मन्त्रीले उनको नाम पारेका हुन् ।
यस विषयमा सम्पर्क राख्दा आयोगकी कार्यवाहक अध्यक्ष हुमागाईले आफ्को कार्यकाल बाकी‘ नै रहेकाले जान स्वतः मिल्ने तर्क गरीन् ।
आफ्नो छोरा अमेरीकामै रहेकाले पनि हुमागाईले थप लामै समय उतै बस्ने योजना बनाएको सुनियो नि भन्ने प्रश्नमा हुमागाईले छोरा भएको तर उतै बस्ने योजना नरहेको जिकिर गरिन् ।
यस भ्रमणमा कम्तीमा ५ लाख रुपैया कमाई हुने भएका कारण पनि उनीहरु मोहित भएको केही कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
आयोगमा जम्मा चार जना मात्रै सदस्य रहेकाले उनीहरु सबैलाई मिलाएर पठाएको भए उचित हुने थियो भन्दै मन्त्रीप्रति मन्त्रालयकै केही उच्च अधिकारीले बताएका छन् । अझ उक्त सम्मेलनमा मन्त्री नै जानु पर्ने आवस्यकता समेत नरहेको पनि उनीहरुको तर्क छ । यस विषयमा समाज कल्याण मन्त्रालयका सचिव मधु रेग्मीलाई सम्पर्क गर्ने प्रयास जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी