ट्वन्टी ट्वन्टी क्रिकेट कप : एपिएफ सेमिफाइनलमा

ट्वन्टी ट्वन्टी क्रिकेट कप : एपिएफ सेमिफाइनलमा

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १८ फागुन ।

सशस्त्र प्रहरी बल (एपिएफ) क्यानोन क्रिकेट क्लबलाई पराजित गर्दै प्रथम रुस्लान ट्वन्टी ट्वन्टी क्रिकेट कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको क्वार्टर फाइनल खेलमा एपिएफले क्यानोनलाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको क्यानोन १२.४ ओभरमा सबै विकेट गुमाउँदै ३७ रनमा समेटियो । जवाफी ब्याटिङमा उत्रेको एपिएफ खेलको ४.२ ओभरमा कुनै विकेट नगुमाउँदै क्यानोनले दिएको ३८ रनको झिनो लक्ष्यलाई पूरा ग¥यो ।

एपिएफका सुवास खकुरेलले २३ रन र परेश लोहनीले ३ रन जोडे । त्यस्तै क्यानोनलाई कमै रनमा समेट्ने क्रममा एपिएफका शक्ति गौचन र वसन्त रेग्मीले समान तीन, अरिफ शेखले दुई तथा यज्ञमान कुमालले एक विकेट लिए ।

त्यसैगरी क्यानोनका मनोज यादवले १२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । प्रतियोगिताको उपाधि विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी