काठमाडौ १८ फागुन ।
धरानमा जारी बुढासुब्बा गोल्डकपमा आज नेपाल पुलीस क्लब र सेर क्लब कालीङपोङ भारतबीच प्रतिस्पर्धा हुदैछ । खेल अपरान्न ३ बजेपछि धरान स्थित एन्फा टेक्नीकल सेन्टरमा हुनेछ ।
यसअघि हिजो भएको खेलमा पोखरा कास्कीलाई टाईवरेकरमा ५-४ ले हराउदै बिभागीय टोली एपीएफ क्लब प्रतियोगिताको अन्तीम क्वाटर फाईनलमा प्रबेश गरेको छ ।
निर्धारित समयमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएपछि खेल टाईबराईकरमा पुगेको थियो ।
खेल २२ औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कास्कीले गोल गरेपनि ३३ औ मिनेटमा एपीएफ का लागि गाणेश लाबतीले गोल गरेपछि खेल बराबारीमा पुगेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline