सूचना आयोगको खिल्ली उडाउँदै एन्ट्यागका कर्मचारी

सूचना आयोगको खिल्ली उडाउँदै एन्ट्यागका कर्मचारी

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ ।

नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) ले सरकार र प्रचलित कानुनको खिल्ली उडाउँदै आएको पुष्टि भएको छ । गत जेठमा एन्ट्यागभित्र भएक भ्रष्टाचारहरु सार्वजनिक भएपछि यथार्थता बुझ्न एन्ट्याग पुगेका पत्रकारको टोलीलाई एन्ट्यागले दुव्र्यवहार गरेपछि पत्रकार बालकृष्ण भट्टले राष्ट्रिय सूचना आयोगमा एन्ट्यागका सम्पूर्ण कार्यहरुको विवरण माग्दै निवेदन दर्ता गराए । पत्रकार बालकृष्ण भट्टको निवेदनबमोजिम सूचना आयोगले मागेबमोजिमको सूचना सात दिनभित्र उपलब्ध गराइदिन एन्ट्यागलाई पत्राचार ग¥यो तर एन्ट्यागले अझसम्म पनि सो सूचना उपलब्ध नगराएको पत्रकार भट्ट बताउँछन् ।

उता पहिले एन्ट्यागमा भ्रष्टाचार भयो भनेर समाचार प्रकाशन हुँदा तत्काल लम्बेतान खण्डन पठाउन तम्सने कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापतिले राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध गराइदिन पत्राचार गरेपछि दुलोभित्र लुक्न पुगेका छन् । अहिले उनीहरु सूचना आयोगले पत्राचार मात्र गर्ने हो, अरु केही गर्न सक्दैन यस्ता पत्र जति आउँछ, त्यति रद्दीको टोकरीमा फ्याँकिन्छ भन्दै आपूmहरुको लुट कसैले रोक्न सक्दैन भन्दै कुर्लने गरेको एक कर्मचारीले बताए ।

ती कर्मचारीको अनुसार ‘एन्ट्यागका कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापतिलगायत संस्थाभित्र भएको भ्रष्टाचारमा स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ कर्मचारी, बालस्वास्थ्य महाशाखा र स्वास्थ्य विभागलगायतका उच्च कर्मचारीसमेतको संलग्नता भएकाले आपूmलाई कसैले छुन नसक्ने र सूचना आयोगको पत्रले आफ्नो रौँसमेत हल्लाउन नसक्ने बताउँदै आएका छन् ।

यसैबीच, राष्ट्रिय सूचना आयोगमार्फत् आपूmले मागेको सूचना नपाएपछि पत्रकार बालकृष्ण भट्टले पुनः आयोगको ढोका ढकढकाएका छन् । पत्रकार भट्टले मागेको सूचना नदिई अटेर गर्ने एन्ट्यागलाई राष्ट्रिय सूचना आयोगले पुनः गत माघ १२ गते सात दिनभित्र सूचना उपलब्ध गराइदिन ताकेता गरेको छ । तर, सो पत्रसमेत एन्ट्यागले रद्दीको टोकरीमा फालिदिएको बुझिएको छ ।

राष्ट्रिय सूचना आयोगले मिति २०७२।१०।१२ गतेमा सात दिनभित्र सूचना उपलब्ध गराइदिन एन्ट्यागमा पठाएको ताकेता पत्र जस्ताको तस्तै यस प्रकार रहेको छ –

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी