धरान ,१७ फागुन ।
पोखरा कास्कीलाई टाईवरेकरमा ५ -४ ले हराउदै बिभागीय टोली ए पी एफ क्लब धरानमा जारी बुढासुब्बा गोल्डकपको अन्तीम क्वाटर फाईनलमा प्रबेश गरेको छ ।
धरान १७ स्थित एन्फा टेक्नीकल सेन्टरमा भएको खेलमा खेलको निर्धारित समयमा १÷१ गोलको बराबरीमा रोकिएपछि खेल टाईबराईकरमा पुगेको थियो ।
खेलको २२ औ मनेटमा पहिलो पेनाल्टी पाएको कास्कीले मौकाको फाईदा उठाउदै एक गोल गरेपनि खेलको ३३ औ मिनेटमा ए पी एफ का टीम क्यापटेन गाणेश लाबतीले गोल फर्काएपछि खेल बराबारीमा पुगेको थियो ।
त्यसपछिको निकै प्रतिष्पर्धात्मक खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसक्दा खेल टाईवरेकर छिनोफानो भएको थियो ।
जसमा ए पी एफ का तर्फबाट सुदिप सिखाकर,अन्जन बिष्ट,गाणेश लाबती,मिलन राई र ज्या¨वो शेर्पाले एक एक गोल गरेका थिए । भने कास्की पोखराका तर्फबाट रबी थापा,राकेश गुरु¨,प्रदिप गुरु¨,सुलेमान मगरले एक एक गोल गरेपनि सुनिल बि.क.ले हानेको पेनाल्टी बल गोल हुन नसक्दा पोखराले हार बहेर्नु परेको हो ।
खेलको म्यान अफ द म्याच पोखराका रबी थापा घोषीत भए भने उनले नगद ५ हजार समेत हात पारे ।भोलीको खेल नेपाल पुलीस क्लब र सेर क्लब काली¨पो¨ भारत बीच दिउसो ३ बजे हुनेछ ।
