गोपाल स्मृति भेट्रान्स फुटबल शुरु, उदघाटन खेलमा राजघाट बिजयी

गोपाल स्मृति भेट्रान्स फुटबल शुरु, उदघाटन खेलमा राजघाट बिजयी

  • सोमवार, फाल्गुन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

धरान ,१७ फागुन ।
सुनसरीमा पहिलो पटक पूर्वाअञ्चल स्तरिय भेट्रान्स नकाउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

सुनसरीको झुम्कामा केही बर्ष अघि दिवगत भएका स्व गोपाल चौघरीको स्मृतिमा नकाउट फुटबल प्रतियोगिता शुरुभएकोे हो ।

गोपाल स्मृति फुटबल प्रतियोगिताको हिजो सुनसरीको रामधुनिभासि नगरपालिका स्थित पिप्राह खेल मैदानमा उदघाटन गरिएको छ ।

खेलमा ३५ बर्ष उमेर कटेका टिमहरु बिच प्रतिस्पर्धा हुने छन ।पूर्वका ८ टिम सहभागी प्रतियोगिताको रामधुनिभासि नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीले उदघाटन गर्नु भएको थियो ।
चौधरीदुवानी सेवाको आयोजनामा नकाउट फुटबल प्रतियोगिताका शुरु भएको हो। दिवगत गोपाल चौधरीको स्मृतिमा उनका परिवारजनको उपस्थिति फुटबलप्रतियोगिताको उदघाटन गरिएको थियो ।
कार्यक्रममा बिभिन्न रामधुनिभासिका राजनितिक दल, खेलाडी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको आयोजक चौधरी दुवानी सेवाका अध्यक्ष दुर्गाेस चौधरीका अनुसार भेट्रान्स नकाउट फुटबल प्रतियोगितामा राजघाट मोरङ, लहानसिरहा, बिराटचौक मोरङ, आयोजक चौधरी दुवानी सेवा, धरान सुनसरी, दमक झापा, केर्खा झापा र जिएमसि मोरङ टिमको सहभागिता रहने जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथमलाई ५५ हजार ५ सय ५५ र दोस्रोलाई २५ हजार ५ सय ५५ पुरस्कार राशि राखिएको छ ।
एमाओवादीका कार्यकर्ता रहेका चौधरी खेलप्रेमी भएका कारण स्मृति प्रतिष्ठानको स्थापना गरि बिभिन्न कार्यक्रम गर्ने उदेश्यले फुटबल आयोजना गरिएको चौधरीले जानकारी दिनुभयो ।
उदघाटन खेलमा आज राजघाट मोरङ र लहान सिरहा बिच भिडन्त भएको छ । उदघाटन खेलमा राजघाट मोरङले पहिलो खाता खोलेको छ ।
राजघाटले लहानलाई १ का बिश्रद्ध ० गोल गदै मोरङले खाता खोलेको हो । खेलको २९ मिनेटमा राजघाट मोरङ तर्फबाट आक्पाहाङ्ग लिम्बुले गोल गरेका थिए । यो जित सगै मोरङ प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।
आजको खेलमा प्रकाश लिम्बु म्यान अफ द म्याच घोषित भएका थिए । सोमबारकोखेलमा केर्खा झापा र जिएमसि मोरङ बिच प्रतिस्पर्धा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी