फिफाको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदै

फिफाको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदै

  • शुक्रबार, फाल्गुन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १४ फागुन ।  

विश्व फुटबल महासंघ फिफाको आगामी नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । स्विट्जरल्याण्डको ज्युरिचमा हुने विशेष साधारणसभाले फिफाको नयाँ नेतृत्व चयन गर्नेछ । फिफाको अध्यक्ष बन्ने होडमा पाँचजना प्रत्यासी देखिएका छन् ।

एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालिफा, जोर्डनका राजकुमार अली बिन अल हुसैन, युएफाका महासचिव जियानी ईन्फान्टिनो, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेल चुनावी दौडमा छन् ।

जसमध्ये एएफसी अध्यक्ष शेख सलमान र युएफा महासचिव जियानी ईन्फान्टिनोलाई बलियो दाबेदारका रुपमा हेरिएको छ । फिफा अध्यक्षका लागि फिफामा आवद्ध २०७ राष्ट्रले मतदान गर्न पाउने व्यवस्था छ । अध्यक्षमा चुनिनका लागि उम्मेदवारले कम्तीमा १०४ भोट ल्याउनुपर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी