राजधानीमा प्रथम रुस्लान ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने

राजधानीमा प्रथम रुस्लान ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १३ फागुन । काठमाडौँ  क्रिकेट सेन्टरको आयोजनामा यही फागुन १५ गतेदेखि राजधानीमा प्रथम रुस्लान ट्वेन्टी ट्वेन्टी क्रिकेट कप प्रतियोगिता सञ्चालन हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा ज्ञानेन्द्र मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा उपत्यकाका १२ र उपत्यका बाहिरका चार टोलीको सहभागिता रहनेछ ।

‘नकआउट’का आधारमा खेलाइने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा दुबै समूहका उत्कृट समान चार–चार टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले रु दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख पाउनेछन् । प्रतियोगिता यही फागुन २२ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी