काठमाडौ १३ फागुन ।
विराटनगरमा जारी विराट गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज आयोजक मोरङ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिउँसो विराटनगरस्थित सहिद रंगाशालामा हुनेछ । दुवै टोली आजको खेलमा जीत हाल पार्दै फाइनल पुग्ने दाउमा हुनेछ । विजेता टोलीले प्रतियोगिताको उपाधिका लागि झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ फाइनलमा प्रवेश गरेको हो ।
गत सिजनको विजेता समेत रहेका झापा लाई फाइनलमा पुर्याउने क्रममा बुद्ध चेम्जोङ र खमिर कङदङवाले एक एक गोल गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline