फाल्गुन १२ / डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ विराट गोल्डकप फुटवल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
बुधवार विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) को चुनौतीलाई २–० गोल अन्तरले पन्छाउदै उपाधि नजिक पुगेको हो । झापाले उपाधीकालागि पुलिस र आयोजक मोरङ फुटवल क्लव बीचको विजेतासँग शनिवार प्रतिष्पर्धा गर्ने छ ।
झापाकोलागि खेलको १४ औ मिनेटमा बुद्धराज चेम्जुङले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाए । उसकालागि दोस्रो गोल खम्मीर जिल्सन कन्दङवाले ७८ मिनेटमा गरे ।
बुधवारको खेलमा झापाका कर्ण लिम्बु म्यान अफ द म्याच भए । विहीवार पुलिस र मोरङ फुटवल क्लववीच अन्तिम सेमिफाइनल खेल हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline