विराटनगर ,१२ फागुन ।
विराटनगरमा जारी चौथो विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज बाट सुरु हुदैछ ।
पहिलो सेमिफाइनलमा आज गत वर्षको विजेता झापा ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदै छ ।
यसअघि , मंगलवार भएको खेलमा मनाङ मस्याङदी क्लब काठमाडाँैलाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्बल सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल एक÷एक गोलको बराबरीमा रोकिएपछि २० मिनेट थप गरिएको थियो तर थप गरिएको समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउमा पुगेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline