नेपाली राष्ट्रिय फुटबल टोलीले दुई वर्ष अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने

नेपाली राष्ट्रिय फुटबल टोलीले दुई वर्ष अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने

  • सोमवार, फाल्गुन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, फागुन १० ।

२३ वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ ।

एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएका हुन् । यो कुनै प्रतिबन्ध भने होइन ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्ने छैन भने एएफसी र फिफाको अन्तर्राष्ट्रिय खेल तालिकाभित्र नेपाल नपर्ने हुँदा पनि नेपालले सहभागिता नजनाउने भएको हो ।

नेपाली टोलीले गत वर्ष भएको विश्वकपमा छनोट हुन नसकेपछि करिब दुई वर्षसम्मको लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।

अहिलेसम्मको खेल तालिका हेर्दा १२औं संस्करणको साफ च्याम्पियनसिपबाहेक नेपालले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने छैन ।

प्रत्येक दुई–दुई वर्षमा हुने उक्त साफ च्यापियनसिपको ११औं संस्करण यसै वर्ष भारतमा सम्पन्न भएको थियो । त्यतिबेलाको साफमा नेपालले लज्जास्पद हार बेहोर्दै घर फकिएको थियो ।

१२औं संस्करणको साफ च्याम्पियनसिप भने सन् २०१७ को अन्तिममा बंगलादेशमा हुनेछ । त्यो नै नेपालको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

तर, अर्को वर्ष बंगलादेशमा नै हुने बंगबन्धु गोल्डकपमा भने साबिक विजेताकारुपमा नेपाललाई बोलाउन सक्ने सम्भावना भने प्रबल छ ।

गत माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले उपाधि हासिल गरेको थियो ।

त्यस्तै, भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत् पुरुष फुटबल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २३ वर्षपछि स्वर्ण पदक भित्र्याएको थियो ।

नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउँदा घरेलु फुटबल प्रतियोगितामा नै चित्त बुझाउन बाध्य हुनेछ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि राष्ट्रिय टोलीलाई फुटबल खेलमा संलग्न बनाइराख्न विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।

उनले सोमबार रासससँग कुरा गर्दै भने–‘फुटबल खेल अहिले फस्टाइरहेको छ अझ यसलाई व्यवस्थापन गर्नका लागि जापानी प्रशिक्षकसँग कुरा गरिरहेका छौं ।’

राष्ट्रिय सिनियर टिममा अहिले प्रशिक्षकको सिट खाली छ । अध्यक्ष श्रेष्ठले आगामी मार्चमा मैत्रीपूर्ण फुटबलका लागि मलेसियासँगसमेत कुरा भइरहेको जानकारी दिए । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी