काठमाडौं, ९ फागुन ।
लामो समयदेखि चलिरहेको विवाद तत्काल अन्त्य नगरे नेपाललाई आइसिसीबाट निलम्बन गर्ने अन्तर्रा्ष्ट्रिय त्रिकेट परिषद आइसिसीले चेतावनी दिएको छ ।
आइसिसीले शुक्रबार पठाएको पत्रमा नेपाल क्रिकेट संघ क्यानमा रहेको विवाद अन्त्य नगरे निलम्बन गर्ने चेतावन दिइएको क्यानकी सिइओ भावना घिमिरेले जानकारी दिनुभयो ।
आइसिसीका ग्लोबल डेभलोपमेन्ट प्रमुख टीम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघको तदर्थ समितिका अध्यक्ष रमेश शिलवाल र निर्वाचनबाट चुनिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई सम्बोधन गरेर पत्र पठाएका छन ।
पत्रमा एन्डरसनले नेपाली क्रिकेटको विवादप्रति आइसिसीको गम्भीर चासो रहेको र यो विवाद चाँडै नै अन्त्य नगरे नेपालललाई निलम्बन गर्न सकिने चेतावनी दिएको क्यानकी सिइओ घिमिरेले जानकारी दिनुभयो ।
आउँदो अप्रिलमा आइसिसीको बोर्ड बैठक बस्नु अघिसम्म क्यानको विवाद समाधान नभए निलम्बनसम्मको कारवाही गर्न सकिने एन्डरसनको पत्रमा उल्लेख रहेको जनाइएको छ ।