६ महिनाभित्र धरानका ११ र १७ वडामा पानी वितरण गरिने

६ महिनाभित्र धरानका ११ र १७ वडामा पानी वितरण गरिने

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

धरान ,९ फागुन ।

भारतको अघोषित नाकाबन्दीको कारण इन्धन अभावले एडिबि सहयोगमा सञ्चालन भइरहेको धरानको वृहत खानेपानी आयोजना तीन महिना ढिलाई हुने अनुमान गरिए पनि अबको ६ महिनापछि धरान ११ र १७ वडामा भने खानेपानी वितरण हुने भएको छ ।

आयोजना कार्यान्वयन इकाई कार्यालयका अनुसार यी दुई वडामा ६ महिनाभित्र पानी विरतण गर्ने लक्ष्यका साथ तीब्र गतिमा काम अघि बढीरहेको छ ।

रेल्वे सिस्टमको रिजर्ब वेयर निर्माण भइरहेको छ, योसँगै पाइपलाइन विस्तार पनि हुदैछ । अबको ४ महिनामा वेयर तयार हुन्छ । त्यसको तीन सातासम्म परीक्षण वितरण हुन्छ र बोर्डले शुल्क लिएर वितरण गर्न थाल्छांै’–आयोजनाका व्यावस्थापक एवं इञ्जिनियर राजु पोख्रेलले भने ।

खानेपानी संस्थानले पानी वितरण गर्न नसकेको यी वडालाई प्राथमिकता दिएर वितरण शुरु गरेपछि आयोजनाप्रति जनविश्वास बढ्ने अपेक्षा सरोकारवालाहरुको छ ।
आयोजनाप्रति शुरुदेखि नै संस्थान, केही साना राजनीतिक दल र जनसरोकार मञ्च नामको संस्थाले विरोध गर्दै आएको थियो ।
रेल्वे सिस्टमको लागि धरान ११ स्थित विष्णुचोकमा ५ लाख लिटर क्षमताको रिजर्ब वेयर निर्माण भइरहेको छ ।

हाल ड्रिलिङस्थल कुम्भीआहालबाट त्यहाँसम्म पानी ल्याउन र सर्वसाधारणको घरको लागि पनि पाइप विछ्याउने काम तीब्र गतिमा भइरहेको छ ।

परामर्शदाता कम्पनी बिडिएका निर्देशक नेपालका अनुसार गत जनवरी २७ यता तीन सातामा १२ किलोमिटर पाइपलाइन विछ्याउने काम सकिएको छ भने वडा ११ को ९० प्रतिशत घरमा पनि वितरण प्रणाली पुगिसकेको छ । वडा ११ र १७ मा करिब ५ हजार घरधुरी छन् ।

यस्तै, वडा ११, १७, १५, १४ र ८ गरी ५ वटा वडामा पनि पाइपलाइन विछ्याउने काम भइरहेको छ । आयोजनाले कुल ३ सय ८० किलोमिटर पाइप विछ्याउनुपर्ने हुन्छ । प्रतिमहिना उसले ३० किलोमिटर विछ्याउने लक्ष्य छ ।

ड्रिलिङस्थल कुम्भीआहालस“गै कुमारखत सामुदायिक वनबाट पाइपलाइन बिछ्याउन थालिएको छ । रेल्वे सिस्टमबाहेक धरान १५, ३ र १४ वडाको केही भागलाई लक्षित गरेर पिण्डेश्वर सिस्टमको लागि पनि रिजर्ब वेयर निर्माण जारी छ ।

पिण्डेश्वर विद्यापिठ हाताभित्र ९ लाख लिटरको रिजर्ब वेयर हुनेछ । यस्तै, ७ लाख लिटर क्षमताको फुस्रे सिस्टमको रिजर्ब वेयर पनि निर्माण शुरु भएको छ भने पञ्चकन्यामा पनि ६ लाख लिटरको वेयर बन्नेछ ।
संस्थान मातहतमा ३० लाख लिटर क्षमताको रिजर्ब वेयर छ । कुल ७ स्थानमा ड्रिलिङ गरेर आयोजनाले भुमिगत पानी सप्लाई गर्नेछ । ती मध्ये कुम्भी आहालमा २ वटा ड्रिलिङ सफल भइसकेको छ भने कुमारखत वन क्षेत्रमा एउटा ड्रिलिङ सफल भइसकेको छ भने २ वटा जारी छ ।

आयोजनाका परामर्शदाता बिडिएका निर्देशक अनिल नेपालका अनुसार सरकारबाट समयमै बजेट निकासा गरिदिए तोकिएको समयमा नै आयोजना सम्पन्न हुनेछ । तर, निर्माण कम्पनी तियाञ्जीन तुदी जेभीले तीन महिनाअघि नै विल पेश गरेको र त्यसमध्ये नेपाल सरकारबाट भुक्तान गर्नुपर्ने बजेट निकासा हालसम्म पनि नभएकोले भने समस्या भएको छ । ‘सरकारले बजेट खर्च भएन भन्छ, तर तीन महिनादेखि नै आयोजनाको रकम सरकारले निकासा गरेको छैन’–निर्देशक नेपालले भने–‘आयोजनालाई अहिले एकदमै समस्या भइरहेको छ, ढिलाई हुनगयो भने यही एउटा कारण हुनसक्ने देखेको छु ।’

एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालनमा रहेको यो आयोजना सन् २०१७ जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भ्याटसहित कुल एक अर्ब ४८ करोड लागत रहेको आयोजनालाई एडिबिले २६ प्रतिशत र नेपाल सरकारले २४ प्रतिशत अनुदान उपलब्ध गराउनेछ । यस्तै, नगर विकास कोषमार्फत ३५ प्रतिशत ऋण उपलब्ध हुनेछ भने १५ प्रतिशत बजेट धरान उपमहानगरपालिकाको सहभागीता हुने भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी