सप्तरी, ९ फागुन ।
जिल्ला टेबुल टेनिस सङ्घ सप्तरीको शनिबार राजविराजमा सम्पन्न अधिवेशनले पुनः मनोहरकुमार पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा शङ्करकुमार दास, उमेश दाहाल, सचिवमा घगन बुढाथोकी, कोषाध्यक्षमा सानुमैया चौहान हुनुहुन्छ ।
यसैगरी सदस्यहरुमा सुरेन्द्रप्रसाद उपाध्याय, राजकुमार परियार, पूर्णेन्द्रजङ्ग राणा, प्राकृत कोइराला, सूचित पोखरेल रहेको सङ्घले जनाएको छ ।
त्यस्तै सल्लाहकारमा सङ्घको पूर्व अध्यक्ष प्रमोदप्रसाद शर्मा, सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधान र प्रशिक्षण प्रमुख दिनेश भुजेललाई चयन गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline