काठमाडौ ८ फागुन ।
हेटौडामा जारी सुमन बोम्जन अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि आज विभागिय टोली आर्मी र लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी भिड्दैछ ।
हेटौडा रंगाशालामा आज दिउँसो हुने यी दुई टोलीबीचको भिडान्त निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने अपेक्षा गरिएको छ ।
१६ औं चरणको आहा रारा गोल्डकप उचालेको २० दिनपछि मनाङ पुनः अर्को उपाधि चुम्ने दाउका साथ मैदान उत्रिदैछ । यता आर्मी पनि मनाङसँग बदला लिने दाउमा छ ।
सहारा क्लबलाई सेमिफाइनलमा पराजित गर्दै मनाङले आर्मीसँगको उपाधि भेट पक्का गरेको हो । मनाङका लागि आर्मी विरुद्ध जित निकाल्न त्यति सहज भने छैन ।
हालै राष्ट्रिय रुपमा पहिचान बनाउन सफल नवयुग श्रेष्ठ र विकेश कुथुलाई मैदानमा उतार्दै आर्मी पनि उपाधि चुम्ने मनस्थितिमा हुनेछ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline