दक्षिण अफ्रिकाद्धारा इंग्ल्याण्ड तीन विकेटले पराजित

दक्षिण अफ्रिकाद्धारा इंग्ल्याण्ड तीन विकेटले पराजित

  • शनिबार, फाल्गुन ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं,८ फागुन ।

दक्षिण अफ्रिकासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृँखलाको पहिलो खेलमा इंग्ल्याण्डलाई तीन विकेटले पराजित गरेकोे छ ।

गए राति केप टाउनमा सम्पन्न खेलमा इंग्ल्याण्डे दिएको १ सय ३५ रनको लक्ष्य घरेलु टोली दक्षिण अफ्रिकाले निर्धा्रित २० ओभरमा सात विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि प्लेसिसले २५, जेपी डुमिनीले २३ तथा हासिम अमलाले २२ रन बनाए । इंग्ल्याण्डका क्रिस जोर्डनले तीन तथा मोइन अलीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियोे । उसका लागि जोस बटलरले नटआउट ३२, एलेक्स हेल्सले २७ तथा ज्यासन रोय र क्रिस जोर्डनले समान १५ रन बनाए ।

दक्षिण अफ्रिकाका इमरान ताहिरले चार तथा कायल एबोटले दुई विकेट लिए । दुई ट्वेन्टी–ट्वेन्टीको श्रृँखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी भोली हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी