युरोपा लिगमा म्यानचेस्टर युनाइटेड पराजित

युरोपा लिगमा म्यानचेस्टर युनाइटेड पराजित

  • शुक्रबार, फाल्गुन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ७ फागुन ।  

युरोपा लिग अन्तर्गत गएराति सम्पन्न नकआउट चरणको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड डेनिस क्लब मिटेल्याण्डसँग २–१ ले पराजित भएको छ ।

खेलको ३७ औं मिनेटमा मेम्फिस डिपेले दिलाएको सुरुवाति अग्रतालाई जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड पराजित भएको हो । मिटेल्याण्डका लागि सिस्टो र पल अनुएचीले एक एक गोल गरे ।

गएराति नै सम्पन्न अन्य खेलमा टोटनह्याम फियोरेन्टिनासँग १–१ को बराबारीमा रोकिएको छ । यस्तै लिभरपुलले अगस्बर्गसँग गोलरहित बराबरी खेलेका छन् भने गालाटासारे लाजियोसँग १–१ को बराबरीमा रोकिए ।

यसैगरी भ्यालेन्सियाले रापिड भिएन्नालाई ६–०, बोरुसिया डर्टमुण्डले पोर्टालाई २–०, सेभिल्लाले मोल्डेलाई ३–० र भिल्लारियलले नापोली, एन्डरलेक्टले ओलम्पिकास तथा एथ्लेटिको बिल्बाओले मार्सेलिलाई समान १–० ले पराजित गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी