कञ्चनपुर, ६ फागुन ।
चोरी पैठारीको अखाद्य नुन नियन्त्रणमा साल्टटे«डिङ कर्पोरेसनले बेवास्ता गरेपछि जिल्लाको दक्षिणी भेगमा अखाद्य नुनको प्रयोग बढेको छ ।
आयोडिनयुक्त नुनको प्रचारप्रसार र बिक्री वितरणको जिम्मा पाएको साल्टटेड्रिङ कर्पोरेसनले नियन्त्रणको पहल नथाल्दा यहाँ चोरी पैठारीको अखाद्य नुनको बिक्री बढेको हो । बेल्डाँडी, झिलमिला, कलकत्ता, बेलौरी र पुनर्वासका बजार तथा ग्रामीण पसलमा श्रीराम, बाबर्ची, कुक, रानी ब्रान्डका आयोडिनरहित भारतीय नुनको प्रयोग बढेको हो ।
नियमनकारी निकायले आयोडिनयुक्त नुनको जनचेतना अभिवृद्धि गर्न र नियन्त्रणको पहल नगर्दा यहाँका जनता आयोडिनयुक्त नुनको प्रयोगबाट वञ्चित हुनु परेको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष तीर्थ जोशी बताउनुहुन्छ ।
जिल्लाको दक्षिणी भेगमा भइरहेको चोरी पैठारी रोक्न नसकिएको साल्टटे«डिङ कर्पोरेसनका प्रमुख नगेन्द्र थापाको भनाइ छ । सो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउन नसक्दा आयो नुनको खपत घटेको उहाँले बताउनुभयो ।