काठमाण्डौ,३ फागुन ।
बाग्लुंग जिल्लाको देबिस्थान ३ पाखापानिमा जन्मिएका पछिल्लो पुस्ताका चर्चित लोकदोहोरी गायक रामु बिरही सांगीतिक क्षेत्रमा निकै संघर्ष गर्दै पछिल्लो पटक चर्चामा छन् । २०६९ सालमा आफ्नो पहिलो गीत कता छौ ए जिन्दगीको गुरुबाट बजारमा आएका बिरही को पहिलो गासमै लड्डु परे भने झैँ सफलता मिलेको थियो शब्द र लय दिएको सो गीतमा आवाज भने खुमन अधिकारी र टिका पुन को रहेको थियो।
धेरै गीतहरुमा लय शब्द भर्दै आएका बिरहि श्रोताको चासोलाई ध्यानमा राख्दै आफ्नै आवाजमा पहिलो गीत अरु केहि चाइदैन बोलको गीत गायका थिए । सो गीतमा स्वर्गीय गायिका मन्जु महतको पनि महिला आवाजमा साथ् थियो लय रशब्द भने रामु बिरहिकै थियो लय शब्दमा जतिको माहिर देखिएका विरहीको आवाज पनि आम स्रोताले मन पराउन थाले पछी दैनिक गीत रेकर्ड हुने गरेको बिरही बताउछन।
आफैले म्युजिक कम्पनि खोल्ने सोच बोकेका रामिले नभन्दै २०७० सालमा साथीभाई डिजिटल म्युजिक प्रालि नामक कम्पनि खोले कम्पनीबाट दिन प्रतिदिन गीतहरु बजारमा आइरहेको रामु बताउछन पछिल्लो पटक निकै चर्चामा रहेको साथीभाई म्युजिक प्रालि संचालन गर्नको लागि प्रबासबाट धेरै साथिभाइहरुको साथ् मिलेको रामु बताउछन।
सेरु बैराही ,श्याम राम्जाली ,निर्मल रोक्का ,ज्ञानु बिशि ,टेकु मगर ,प्रकाश सुनुवार ,रिता लामा ,मनोज रसाइली ,बसन्त सारु ,जानुका तामाङ ,झलक संगीतम ,लगायतको निकै साथ् रहेको कम्पनिले धेरै चर्चित गायक गायिकाहरुको आवाजमा गीतहरु बजारमा ल्याइरहेको छ।
आवाजबाट जति चर्चामा थिए रामु बिरही उतिकै अभिनयमा पनि जमिरहेका छन् पछिल्लो पटक अभिनयमा पनि उहाले धरै गीतहरु बजारमा पठाइसक्नु भएको छ गीत संगीतको सबै पाटो अंगालेका बिरहीले बिभिन्न गीतहरुमा निर्देशन समेत गरेका छन्।
