आत्मनिर्भर बन्दै वादी समुदायका महिला

आत्मनिर्भर बन्दै वादी समुदायका महिला

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

सल्यान, ५ फागुन ।

कुनैबेला देह व्यापारमा संलग्न हुने यहाँका वादी महिला पछिल्लो समय व्यावसायिक तथा रोजगारमूलक कार्यमा सहभागी हुन थालेका छन् ।

पारिवारिक जीविका चलाउनका लागि देह व्यापार गर्ने महिला विभिन्न व्यावसायिक तथा रोजगारमूलक कार्यमा संलग्न भई आत्मनिर्भर हुन थालेका छन् । शारदा नगरपालिका– १ का वादी समुदायका महिलामा आएको परिवर्तनले समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउन थालेको छ ।

परिवार पाल्न र आत्मनिर्भर बन्नका लागि वैकल्पिक वाटोहरु छन् भन्ने चेतनाको विकाससँगै समुदायमा देह व्यापारको अन्त्य भएको शान्ति नगरकी सिर्जना नेपाली बताउनुहुन्छ । “गरिबी र अशिक्षाले व्याप्त पूर्खामा जीविका चलाउन कुनै बाटो नदेख्दा देह व्यापारमा लाग्नु प¥यो अहिले जीवन गुजार्न अरु व्यवसायलाई रोजेका छौँ” उहाँले भन्नुभयो । देह व्यापार छोडेसंँगै समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको हो ।

“पहिले वादी समुदायको छोरीबुहारी देख्ने वित्तिकै जिस्क्याउने गर्थे, तर अहिले हिम्मत गर्दैनन्” नेपालीले भन्नुभयो । विभिन्न संस्थाको आर्थिक सहयोगमा सीपमूलक तालिम तथा आवश्यक प्रविधि हस्तान्तरण गरेसँगै महिला एकल तथा सामूहिक रुपमा व्यवसायमा संलग्न भएका छन् ।

अठतीस घर रहेको शान्ति नगरका महिलाले व्यावसायिक च्याउखेती, बङ्गुरपालन, तरकारीखेती, सिलाइकटाईलगायतका व्यवसाय सञ्चालन गरिरहेको पशुपति दलित समूहकी अध्यक्ष सीता अचार्य वादी बताउनुहुन्छ ।

“मासिक रु तीन हजार बढी आम्दानी गर्दै आएका छाँै” स्थानीय मञ्जु वादीले भन्नुभयो । व्यवसायले आर्थिक मात्र नभएर समाजिक हैसियतमा पनि वृद्धि भएको छ । जिल्लामा सीमान्तकृत समुदायको रुपमा रहेको वादी समुदायको सङ्ख्या ८०० बढी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी