फागुन ३, काठमाण्डौं । १२ औ दक्षिण एसियाली खेलकुद सागमा पुरुष फुटबलमा नेपालले भारत विरुद्ध सनसनीपूर्ण जीत निकाल्दै स्वर्ण पदक हासिल गरेको छ ।
गुवाहाटीको इन्दिरा गान्धी स्टेडियममा भएको खेलमा पहिलो हाफ्मा १–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै २–१ को जीत निकाल्यो ।
३२ औं मिनेटमा आदित्य चौधरीले भारतीय खेलाडीलाई सामान्य पुस गरे पछि रेफ्रीले दिएको पेनाल्टीमा भारतले गोल गरे पछि नेपाल केही निराश बनेको थियो ।
तर दोस्रो हाफ्मा आक्रामक खेल पस्किएको नेपालले भारत विरुद्ध यो ऐतिहासिक जीत निकाल्न सफल भयो ।
नेपालका लागि ६५ औं मिनेटमा फ्रिकिक मार्फत सोझै गोल गर्दै प्रकाश बुढाथोकीले बराबरीमा पुर्याएका थिए ।
त्यस पछि ७० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टिमको जीत पक्का गरेका थिए । त्यस पछि पनि राम्रो अवसरमा नेपालले गोल थप्न सकेन र भारतीय खेलाडीको खतरनाक प्रहारलाई गोल किपर बिकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए ।
नेपाली टिमको पक्षमा पनि दर्शकहरुको ठूलो संख्या उपस्थित रहेको थियो ।प्रशिक्षक राजुकाजी शाक्य कप्तान रहेका बेला २३ वर्ष अघि नेपालले जीत निकालेको थियो । नेपालले सेमिफाईनलमा माल्दिभ्सबिरुद्ध ४–३ गोल अन्तरले पराजित गरेको थियो ।