सागमा महिला तथा पुरुष फुटबल दुवैमा नेपालले आज भारतको सामना गर्दै

सागमा महिला तथा पुरुष फुटबल दुवैमा नेपालले आज भारतको सामना गर्दै

  • सोमवार, फाल्गुन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ ३ फागुन ।  

भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष फुटबल टिमले उपाधिका लागि आज भारतसँग खेल्दैछ ।

१७ वर्षपछि फाइनलमा पुगेको नेपाल उपाधि प्राप्त गर्न निकै विश्वस्त देखिएको छ । नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो ।

नेपाली टोली उच्च मनोबलका साथ भारतविरुद्ध मैदान उत्रिने प्रशिक्षक राजुकाजी शाक्यले बताए । नेपालले यसअघि सन् १९८४ र १९९३ मा उपाधि जितेको थियो ।

भारतले बंगलादेशलाई ३–० ले पराजित गर्दै नेपालसँगको फाइनल भिडन्त तय गरेको हो । खेल नेपाली समय अनुसार आज बेलुकी सवा ७ बजे सुरु हुनेछ ।

यसैबीच फुटबलकै महिलातर्फ पनि उपाधिका लागि नेपालले भारतसाग प्रतिस्पर्धा गर्दैछ । राउन्ड रोविन लिगका आधारमा गराइएको प्रतियोगितामा शीर्ष स्थानको नेपाल र दोस्रो स्थानको भारत स्वर्ण पदकका लागि भिड्न लागेका हुन् ।

खेल आज अपरान्न सवा ४ बजे शुरु हुनेछ । समूह चरणमा भारतसँग गोलरहित बराबरी खेलेको नेपाली टिम उच्च मनोबलका साथ स्वर्ण जित्न आतुर रहेको प्रशिक्षक धु्रव केसीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी