नेपालले कम्तीमा फुटबलमा  स्वर्ण हात पार्न सक्ला त ?

नेपालले कम्तीमा फुटबलमा  स्वर्ण हात पार्न सक्ला त ?

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

फागुण २ काठमाण्डौं । भारतको गुहाटीमा दक्षिण एशियाली खेलकुद मेला जारी छ । नेपाल पदक तालिकाको हिशाबले छैटौ स्थानमा रहेको छ ।
एक स्वर्ण बाहेक नेपालले मुख्य पदक हात पार्न सकेको छैन ।
यसै मेसोमा पछिल्लो समय बगबन्धु गोल्डकपको उपाधी पछि सनसनीपूर्ण जीत निकाल्दै आएको नेपाली फुटबल टिमले स्वर्णका लागि आयोजक भारत विरुद्ध खेल्दै छ ।
सोमबार साझ सवा ७ बजे पछि गुहाटीमा हुने फाईनलमा जीत दिलाएर स्वर्ण पदकको संख्या थप्ने दाउमा नेपाल र नेपाली टिम देखिन्छ । तर यो चूनौती पार गर्न सहज भने छैन । प्रशिक्षक राजुकाजी शाक्यको उत्कृष्ट रणनीतिको आवस्यकता एकातिर छ भने मुख्य खेलाडी सहित सबै टिमले उच्च मनोवलका साथ मैदानमा प्रदर्शन गर्नु पर्ने छ । नेपालका तर्फबाट नायक सावित बनेका नवयुग श्रेष्ठ , विमल घर्ती, अञ्जन विष्ट सहित खेलाडी प्लेयर्स टु वाचको रुपमा रहने छन् ।
नेपालले माल्दिभ्स विरुद्ध ४–३ को नाटकीय जीत निकाल्दै फाईनलमा स्थान पक्का गरेको हो । भारतले भने बंगलादेशलाई ३–० ले हराएको थियो । त्यस्तै अर्को तर्फ महिला फुटबलमा पनि स्वर्णको सपना सहित नेपाली टिम उत्रने छ ।

सोमबार अपरान्ह सवा ४ बजे हुने खेलमा नेपालले स्वर्ण थपेर ईतिहास रच्ने तयारी गरेको छ । लिग चरणमा गोल रहित बराबरी भएकाले पनि यो फाईनल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । शुभकामना नेपाली पुरुष तथा महिला फुटबल टोलीलाई ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी