यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि वेष्ट इन्डिजलार्ई

यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि वेष्ट इन्डिजलार्ई

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

फागुण २ एजेन्सी ।  डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै वेस्टइन्डिजले यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

बंगलादेशको ढाकामा आइतबार भएको उपाधि भिडन्तमा वेस्टइन्डिजले पहिलो पटक विश्वकपको उपाधि उचाल्ने क्रममा भारतलाई पाँच विकेटले पराजित गरेको हो ।

उपाधि भिडन्तमा पहिले ब्याटिङ गर्दै भारतले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै दिएको १४६ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले ५ विकेटको क्षतिमा ४ बल अगावै भेटाउँदै पहिलो पटक उपाधि चुम्न सफल भएको हो ।

उपाधि दिलाउने क्रममा वेस्टइन्डिजका नटआउट रहेका केसी कार्त्यले १२५ बलको सामना गर्दै ५२ रन बनाउन सफल भए । त्यसैगरी किमो पाउलले ६८ बलमा ४० रनको योगदान दिए ।

सिमरोन हेटमेयरको नाममा २३ र टेभिन इम्लाचको नाममा १५ रन रह्यो । भारतका लागि मयन्क डगरले तीन विकेट चट्काए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी