यी हुन् घरजग्गा कर नतिर्ने राजधानीका ठुला होटलहरु

यी हुन् घरजग्गा कर नतिर्ने राजधानीका ठुला होटलहरु

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २ फागुन ।

काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश ठूला होटलले सवारी घरजग्गा कर तिरेका छैनन् ।

होटलहरु ह्यायात, एभरेष्ट, ¥याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल, र याक एण्ड यतिले अहिलेसम्म सवारी र घरजग्गा कर तिरेका छैनन् । व्यावसायिक कर मात्र तिरेका छन् ।

काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि केहीले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गा घर कर भने तिरेका छैनन् ।

महानगरपालिकाका राजस्व माहाशाखा प्रमुख महेश काफ्लेले लामो समयसम्म कर तिर्न आलटाल गरेपछि कारबाही गर्न सुरु गरेको बताउनुभयो ।

महानगरपालिकाभित्र रहेको सोल्टी होटलले भने सबै किसिमको कर तिरिसकेको छ भने अन्नपूर्ण होटलले सवारी करबाहेक अन्य सबै तिरेको छ । ठूला होटलले वार्षिक करिब रु १० लाखदेखि रु १२ लाखसम्म कर तिर्नुपर्ने हुन्छ ।

पछिल्लो समय कर बुझाउने करदाताको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तर ठूला होटलले अझै पनि सहज तरिकाले कर तिर्न मानेका छैनन् ।

समयमा कर नबुझाउनेलाई महानगरपालिकाले स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहोर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी वा रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने कामकाजका लागि सिफारिस नगर्नेलगायतका कारबाही गर्ने प्रावधान रहेको छ ।

पटक÷पटक कर तिर्नका लागि पत्र पठाउने, सूचना प्रकाशित गर्ने तथा नभए कारबाही गर्ने र त्यति गर्दा पनि नतिरेमा तालाबन्दीसमेत गर्ने प्रमुख काफ्लेले बताउनुभयो ।

खासगरी राजनीतिक पहुँच र राजनीतिक संरक्षण भएका व्यक्ति र उच्च पदमा रहेका जिम्मेवार व्यक्तिले नै कर तिर्नुपर्नेमा बुझेर पनि नबुझे झै गरेर कर छल्ने गरेको उहाँ बताउनुहुन्छ । तिनुपर्ने समयभित्रै कर नतिरेको खण्डमा बर्से्नि १० प्रतिशतको दरले जरिवानासमेत तिर्नुपर्ने प्रावधान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी