काठमाडौं, १ फागुन । आज फागुन १ गते जनयुद्ध दिवस । नेपालमा जनयुद्ध सुरु भएको दिनको सम्झना स्वरुप माओवादीहरुले देशभर बिभिन्न कार्यक्रम गरेर मनाउदै छन् । आजकै दिन अर्थात फागुन १ गते नेपालमा तत्कालीन नेकपा (माओवादी)ले शसस्त्र युद्ध शुरु गरेको थियो ।
जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ सुरु गरिएको जनयुद्ध राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना पछि भने अन्त्य भएको थियो ।
यस सगै जनयुद्ध सञ्चालन गर्ने माओवादी पार्टी विभिन्न चरणमा विभाजन भईसकेको छ ।
यसरी विभाजन भएर बनेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले २१ औं जनयुद्ध दिवसको अवसरमा राजधानीमा युवाशक्तिको मार्चपास सहित विशेष कार्यक्रमको आयोजना गरेको छ ।
राजधानीका विभिन्न स्थानबाट शुरु भएको युवाहरुको मार्चपास पछि शान्ति बाटीकामा कोण सभाको आयोजना गरेको छ ।
सो सभालाई संवोधन गर्दे नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले जनयुद्धको लक्ष्य अझै पुरा नभएको भन्दै माओवादी आन्दोलन अझ शसक्त बनाउनु पर्ने आवस्यकता रहेको बताउनु भयो ।
जनयुद्धको नेतृत्व गरेका प्रचण्ड बाबुराम सहितका नेताहरुले धोका दिएको भन्दै उहाले अब माओवादी आन्दोलन अघि बढाउन नया तरीकाले अघि बढ्नु पर्ने खॉचो रहेको बताउनु भयो ।
सुन्धाराबाट सुरु भएको मार्चापास जमल, घण्टाघर, कमलादी, पुतलीसडक, प्रदर्शनी मार्ग, सहिद गेट हुदै शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
ंयसैबीच नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनयुद्ध विदसको सन्दर्भमा एक वक्तव्य दिदै जनताको सत्ता स्थापना गर्ने क्रान्ति पूरा गर्न संकल्प गर्न आग्रह गर्नु भएको छ ।
वक्तव्यमा संसदीय व्यवस्था र भारतीय हस्तक्षेपका विरुद्ध देशभक्त, वामपन्थी, राष्ट्रवादी, क्रान्तिकारीहरु एकजुट हुनु आवस्यक रहेकोमा महासचिव विप्लवले जोड दिनु भएको छ ।

